Logo
Logo

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै


1.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक चैत्र ७ गते मंगलबार बस्ने भएको हो ।

पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्