
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको थियो । कीर्तिमानी मूल्य हुने क्रममा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।











