
धनगढी । सुदुरपश्चिम प्रदेशमा नेकपा एमाले निकट अनेरास्ववियुले १६ क्याम्पसमा जित हासिल गरेको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत २३ क्याम्पसलको मत परिणाम आउँदा १६ स्थानमा अनेरास्ववियु विजयी भएको हो ।
सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । यसैगरी नेपाल विद्यार्थी संघ ४ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको छ । सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको छ ।
अनेरास्ववियु
बुलबुले बहुमुखी क्याम्पस कैलाली- पुष्पा खाती
खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी
चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा
लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना
ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का
रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु
कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद
नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल
श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी
सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा
खप्तड आदर्श क्याम्पस – श्याम विक
थलारा बहुमुखी क्याम्पस – महेश जेठारा
सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी
सुनकुडा क्याम्पस – दिलीप अधिकारी
कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी
नेविसंघ
कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी
महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी
केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम
डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गा प्रसाद भट्ट
अखिल क्रान्तिकारी
मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री
रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा
जनता बहुमुखी क्याम्पस – मनोज साउद











