Logo
Logo

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय


1.5k
Shares

फाइल फाेटाे

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

यस अघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको एमालेले प्रचण्डलाई पुन: विश्वासको मत दिन नसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले आज (सोमबार) बस्ने संसद बैठकमा विस्वासको मतको प्रस्ताव पेस गर्दैछन् ।

राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले सरकारबाट बहिरिएपछि प्रचण्डले पुन: विस्वासको मत लिन लागेका हुन् । उनले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । यद्यपी रास्वपाले भने सरकारलाई दिएकाे समर्थन कायम नै राखेकाे छ ।

पुस १० गतेको गठबन्धन तोडेर नेपाली कांग्रेस सहितको पुरानो बगठबन्धन ब्युँतिएसँगै राप्रपा र एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बहिरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्