
काठमाडौं । सभामुख देवराज घिमिरेले बारा निर्वाचन क्षेत्र नम्बर– २ रिक्त भएको संसदलाई जानकारी गराएका छन् ।
सोमबार बसेको प्रनिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त क्षेत्रमा निर्वाचित रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएकाले सो क्षेत्र रिक्त भएको जानकारी गराएका हुन् ।











