काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले संसद् विघटन गरेको ठिक भनेपछि कांग्रेससँग आफ्नो लभ परेको बताएका छन् ।

संसद्मा सम्बोधन गर्दै प्रचण्डले ओलीले सहमतिविपरीत बोलेका कारण विश्वासको वातावरण बिग्रदै गएको बताएका हुन् ।
‘म अलिअलि सोझो सोझो छु क्या । मैले संसद् विघटन गरेको ठिक छ भनेर केपीजीले भनेपछि म त्यही दिन अब भंग हुने भयो भन्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि कांग्रेससँग मेरो लभ परिहाल्यो, प्रधानमन्त्री भन्दा पनि एजेन्डाको लागि ।’
कांग्रेसले पनि गल्ती गरिएछ भन्ने सोचेकाले आफू कांग्रेसतिर लागेको उनको भनाई थियो । उनले भने- ‘अस्तिको गठबन्धन एजेन्डाको कारणले टिक्दैन भन्ने थियो । यो एजेन्डाले नै टिक्छ । हुन त ओलीले वैशाखमा हामी बाहिर सँगै हुन्छौँ भन्नुभएको छ तर त्यस्तो हुने छैन ।’











