Logo
Logo

अब विकास निर्माणको कामले गति लिन्छ : प्रधानमन्त्री


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विकास निर्माणको कामले गति लिने दावी गरेका छन् । सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने- ‘अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति लिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेपश्चात अभिवादन गर्दै तस्बिरः रासस

प्रचण्डले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने पनि बताए । गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने भन्दै उनले भने, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २र४ दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार ।’

सोमबार प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्