काठमाडौं । पेसागत महासंघ नेपालले आगामी ४ बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । ‘समाजवाद सामजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन, गुणस्तरीय सेवा, सुशासन र एकीकृत तथा सुदृढ ट्रेड युनियन’, भन्ने नारासहित राजधानीमा बुधबार सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

महासंघको अध्यक्षमा प्रेमल कुमार खनाल निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कुष्णमान श्रेष्ठ, महिला उपाध्यक्षमा प्रभावदेवी बज्राचार्य, उपाध्यक्ष रामप्रसाद रिमाल, मधेसी उपाध्यक्ष्मा योगेन्द्र यादव चयन भएका छन् ।
उपाध्यक्षहरुमा किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी, जनजाती उपाध्यक्ष्मा शरकुमार गुरुङ रहेका छन् ।
त्यस्तै, महासचिव राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, महिला उपमहासचिवमा सीताकुमारी ओझा, उपमहासचिवमा पूर्णबहादुर बुढा, रामकुमार महत, मधेशी उपमहासचिवमा विश्वनारायण । मिश्र, महिला सचिवमा भवानी खड्का, सचिवमा विकाश सिलवाल, रामप्रसाद आचार्य, कोषाध्यक्षमा धु्रवप्रसाद पौडेल रहेका छन् ।
सदस्यहरुमा दिलीपकुमार भट्टराई, उर्मिला खनाल, राजन उप्रेती, नारायणप्रसाद अधिकारी, कृष्णप्रसाद जोशी, अम्बिका घिमिरे, रिता फुँयाल चापागाई, संगीता खत्री क्षेत्री, मधु गिरी, तारा देवी तामाङ, मिना कुँवर गोरबहादुर बुढा, मेनका पोखरेल आचार्य, ललित कुमार यादव, एक नारायण शर्मा पौडेल, जगदीश पाठक, गायत्री दंगाल, सुशिलाकुमारी चौधरी, ऋषिराम दंगाल, रामविलास महतो, रामआधार सिंह, रिंकीकुमारी जैसवाल, गंगाबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै, मैनाकुमारी पोख्रेल, दिनेश वली, गंगाप्रसाद रिजाल, शौभाग्य शाही, पंकीकुमारी साह, सरोजा कुमारी झा, कविता जैसी, गोविन्द सिंह विष्ट, चन्दाकुमारी दानी, गुड्डुकुमार गुप्ता, कालीबहादुर साही, अमृता रावत, रामप्रसाद पन्त, दीपाकुमारी थापा, बसन्त गौतम, भरत तिवारी, राजेन्द्र सुवेदी, रत्नबहादुर खवास, होमा खतिवडा केट्टेल, राघेश्याम झा, केदार थापा मगर, चम्पा तामाङ्ग, धनपति जोशी रहेका छन् ।
त्यस्तै, महासंघको सभामुखमा शंकरप्रसाद सुवेदी निर्वाचित भएका छन् । उपसभामुखमा सिन्धु पाण्डे, लेखा संयोजकमा भोलानाथ खत्री, लेखा सदस्यमा सरोजकुमार भण्डारी रहेका छन् ।
महाधिवेशनमा महासंघका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, विभिन्न मुलुकका विदेशी प्रतिनिधिहरु, २९ घटक युनियनहरु, ४० प्रतिष्ठानहरु तथा ७७ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महाधिवेशनकोे बन्द सत्रमा महासचिव रामप्रसाद रिमालले साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष श्यामप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन र महासचिव रामप्रसाद रिमालले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिवेदनहरु उपर सामुहिक छलफलका लागि प्रतिनिधिहरुलाई ९ वटा समूहमा विभाजन गरी व्यापक छलफल चलाइएको थियो । दोश्रो दिन ९ वटै समूहबाट प्राप्त सुझावहरु समेत समेट्ने गरी प्रतिवेदनहरु परित गरियो । बन्दसत्रबाट महासङ्घको विधान संसोधन प्रस्ताव उपर वृहद छलफल सहित पारित गरियो । महाधिवेशनबाट २५ बुँदे समसामयिक प्रस्तावहरु समेत पारित गरिएको छ ।
हेर्नुहोस् पूर्णपाठ











