Logo
Logo

आज घोडेजात्रा मनाइँदै


441
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । परम्परागत घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ । त्यस अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा मंगलबार विविध रोचक कार्यक्रम गरी घोडेजात्रा मनाउने तयारी गरेको छ ।

समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । सो अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगणलगायतको सहभागिता हुनेछ ।

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि पानी १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्