
सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
गठबन्धनलाई हराउँदै अनेरास्ववियुका अक्कल सिजापति ९६७ मतसहित स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका क्रान्तिकारीका हिक्मत शाहीलाई हराए । गठबन्धनका शाहीले ४८८ मत प्राप्त गरेका छन् ।
सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकाल निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ललिता राना ७७० मतसहित निर्वाचित भएका छन् । सदस्यहरूमा सबै अनेरास्ववियुका विजयी भएका छन् ।