Logo
Logo

आदिवासी जनजाति युवा महासंघको ८औं सम्मेलन आजबाट, पर्यटनमन्त्रीले उद्घाटन गर्ने



काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको ८ औँ राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । सम्मेलन सर्लाहीको हरिवनमा आज र भोलि दुई दिन चल्ने छ ।

सम्मेलनको आज मध्यान्ह एक कार्यक्रमकाबीच सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले उद्घाटन गर्ने महासंघका अध्यक्ष हेमन्तकुमार राईले जानकारी दिए ।

सम्मेलनको उद्घाटनका अवसरमा आदिवासी जनजातिको र्याली, झाँकीसहित विविध कार्यक्रम आयोजना गरिएको उनले बताए । सम्मेलनले भावी नीति, कार्यक्रम, योजना र कार्यदिशा तय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्