Logo
Logo

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो, तोला कति ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको मूल्य आज भने प्रतितोला ५ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको रहेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्