Logo
Logo

रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी


6.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शक्तिको आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल ‘सफल’ ले आरोपितलाई उन्मुक्ति दिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले हदैसम्मको कारबाही गर्न उजुरीमा माग गरेका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्