Logo
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा केहीबेर अघि सचिवालय बैठक सुरू भएको हो ।

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता, मन्त्रालयको संख्या र मन्त्रालयलगायतबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्।

प्रचण्डले हिजो (सोमबार) प्रतिनिधिसभाबाट विस्वासको मत पाएसँगै आज मन्त्रीपरिषद विस्तारका लागि छलफल सुरु गरेको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्