Logo
Logo

नेपाल एयरलाइन्सका दुई इन्जिनियर निलम्बनमा


6.2k
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई इन्जिनियरलाई निलम्बन गरेको छ ।


प्राधिकरणको सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजको ढोका रातभरि खुला राख्ने दुई इन्जिनियर निलम्बनमा परेका हुन् । उनीहरुलाई निलम्बन गरी आवश्यक छानविन अघि बढाएको भुलले जनकारी दिए ।

उनकाअनुसार निगमका दुईजना एरोनटिकल इन्जिनियरले वाइडबडी जहाज १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएपछि इन्जिनियरलाई ग्राउन्डेड गरिएको हो ।

जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द भएको हुनुपर्ने र ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्