Logo
Logo

म मर्न तयार छु, तर मलाई पलपल नमारिदिनुस् : धुर्मुस्


4k
Shares

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे सरकारकाले निर्णय गर्न ढिला हुँदा आफू रुँदै हिड्नुपरेको बताएका छन् ।

मंगलबार रंगशाला स्थलबाट सामाजिक सञ्जालमार्फत धुर्मुसले देशको लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने आफुले कल्पनासमेत नगरेको बताए ।

‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’, उनले भने ।

सरकारलाई छिटो निर्णय गरिदिन आग्रह समेत गरेका छन् । उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको भन्दै एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको बताए ।

धुर्मुसले भने, ‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’

धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद पनि दिए । ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठह¥याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्