Logo
Logo

‘छात्रालाई देख्नासाथ चुम्बन गर्छु’ भन्ने शिक्षकविरुद्ध उजुरी


2k
Shares

सिन्धली । एक छात्रामाथि बलात्कार गर्न खोजेको आरोपमा कुशेश्वर विद्यापीठ माध्यामिक विद्यालयका शिक्षक बद्री मैनालीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

काभ्रेको रोशी गाउँपालिका-२ भिमपोखरी घर भएका शिक्षक मैनालीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रासँग फोन नम्बर माग्ने, फेसबुक आइडी माग्ने र कक्षाकोठामा किताब तथा गृहकार्य हेर्ने बहानामा शरीरका संवेदनशिल अंग छुने गरेको भन्दै किशोरीका दाजुले चैत ३ गते उजुरी दिएको ईलाका प्रहरी कार्यालय खुर्कोटको इन्चार्ज प्रहरी निरीक्षक सविता केसीले जानकारी दिए ।

प्रहरीका अनुसार शिक्षकले किशोरीलाई देख्नासाथ चुम्बन गर्ने, ४०/५० हजार पैसा दिन्छु र काठमाडौं घुमाउन लैजान्छु भनेर प्रलोभन देखाएर करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । प्रहरीले उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरी निरिक्षक केसीको भनाई छ ।

मैनालीमाथि यसअघि पनि छात्रामाथि यौनहिंसा गरेको आरोप लागेको थियो । उनले गरेका अनैतिक क्रियाकलापविरुद्ध विद्यार्थीले आन्दोलन नै गरेका थिए । अघिल्लो वर्ष पनि एक छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेका थिए । समाजले भने आममाफी मगाएर छाडेको थियो ।

एकपटक माओवादीले धम्की दिएपछि एक वर्ष विद्यालय नै छाडेर काठमाडौंतिर बसेर घटना मत्थर भएपछि पुनः बिद्यालय फर्किएका थिए । अहिले शिक्षक मैनाली विद्यालयको सम्पर्कमा नरहेको प्रधानध्यापक विनोद कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्