Logo
Logo

उत्पीडित जातिले भोट हाल्ने बेलामा माओवादीलाई बुझ्न सकेन : मन्त्री मोदी


945
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताएका छन् ।

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेद्भाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडित जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेको बताए ।

मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको उनको भनाई थियो । मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’लाई बनाएको उनले टिप्पणी गरे ।

‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ’, उनले भने ।

मन्त्री मोदीले माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरु बोल्न पाएको उल्लेख गरे । माओवादी नेतृत्वको अहिलेको मन्त्रिपरिषद्मा समावेशीता रहेको उनले उल्लेख गरे ।

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा समेत दिए ।

प्रतिक्रिया दिनुहोस्