Logo
Logo

शान्ति प्रक्रियालाई छिटो टुंग्याउनुपर्छ : गगन थापा


630
Shares

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा थापाले यस्तो बताएका हुन् ।

द्धन्द्धपीडितहरूको भावना र मागहरूलाई सम्बोधन नगरेर संक्रमणकालीन न्यायको टुंगो लगाउन नसकिने समेत बताए ।
‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक हो, उहाँले थालेको त्यो कामलाई हामीले अहिलेसम्म पूर्णता दिन सकेका छैनौं । शान्ति प्रक्रियाको नेतृत्व गरेको दलको हिसाबले यसलाई टुंगोमा पु¥याउने मुख्य जिम्मेवारी पनि नेपाली कांग्रेसको हो’, उनले त्यसका लागि सबै राजनीतिक दलहरूलाई आह्वानसमेत गरे ।

‘हिजो शान्ति प्रक्रियामा सहभागी भएका सबै दलहरूले यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । यो मुद्दामा सबै दलहरू एक ठाउँमा आउनुपर्छ । हामीसँग अब समयको सुविधा छैन । अझै लम्ब्याएर लग्यौँ भने झन् अल्झिदै जान्छ । थप अन्याय हुन्छ,’ उनले भने, ‘अब जतिसक्दो छिटो संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन सक्नुपर्छ । यसलाई निकै धेरै संवदेनशील भएर टुंगोमा पु¥याउनुपर्नेछ ।’

संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पु¥याउँदा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनहरूलाई समेत ध्यानमा राख्नुपर्ने उनको भनाई छ । महामन्त्री थापाले नेता कोइराला नेपाली राजनीतिमा नागरिक स्वतन्त्रता र नागरिक सत्ताको वकालत गर्ने सर्वमान्य नेताकोरुपमा स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्