Logo
Logo

बुटवल-नारायणगढ सडकमा सयौँ बस अलपत्र


330.9k
Shares

काठमाडौं । निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पर्ने बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासीमा सयौँ बस अलपत्र परेका छन् । सोमबार राति परेको अविरल वर्षाले सडक बिग्रिँदा यातायात सुचारू हुन सकेको छैन ।

सोमबार राति करिब १२ बजेतिर मध्यविन्दु नगरपालिका डन्डा नजिकै मालवाहक ट्रक फसेको थियो । फसेको ट्रक बिहान १० बजे निकालेपछि सुचारू भएको सडक फेरि अवरुद्ध भएको छ ।

अहिले फेरि चोरमारामा गाडी बिग्रिएर बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी सन्तोष पाठकको भनाई छ ।

‘हिजो परेको ठूलो पानीले रातो माटोमा गाडी चिप्लिएका छन् । हिजोदेखि रोकिएका गाडी विस्तारै पास हुँदै थिए । फेरि बाटो अवरुद्ध भएपछि गाडीको बाटोमा लाइन लागेको छ’, उनले भने । सडक अवरुद्ध हुने बित्तिकै खुलाउन सम्बन्धित पक्षले चासो दिँदैनन् ।

सडकमा १२ घण्टासम्म यात्रु थुनिँदा पानीसमेत खाना पाएका छैनन् । सडकमा २० किलोमिटरभन्दा लामो गाडीको लाइन छ । ४ वर्षअगाडिदेखि ६ लेन निर्माणाधीन ११४ किलोमिटर यो सडक कतिबेला कहाँ बन्द हुन्छ पत्तै हुँदैन ।

जसले गर्दा काम विशेषले राजधानी काठमाडौँ जाने र काठमाडौंबाट पश्चिम आउने यात्रुले अहिले ठूलो सास्ती बेर्होन बाध्य छन् । अहिले यो सडक खण्ड पार गर्न ६ देखि ८ घण्टासम्म लाग्ने गरेको छ । चार वर्ष अहिले जम्मा २५ प्रतिशत मात्र काम भएको छ ।

प्रतिक्रिया दिनुहोस्