Logo
Logo

लेबनानमा स्थानीय मुद्राको गिरावटलाई लिएर विरोध प्रदर्शन



बेरुत । लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् ।

राष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजारमा उल्लेखनीय गिरावट भएपछि एक हप्ता अघि १००,००० बाट प्रति अमेरिकी डलर १३५,००० पाउन्डमा पुगेको थियो ।

लेबनानी मुद्राको तीव्र अवमूल्यनले खाद्यान्न र इन्धनको मूल्यमा चर्को वृद्धि भएको छ । लेबनानी नागरिकहरूले राजधानी बेरुत, उत्तरी शहर त्रिपोली र दक्षिणी शहर टायरमा प्रदर्शनका करममा सडक अवरुद्ध गरेका छन् । सन् २०१९ देखि लेबनानले ठूलो आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

जसले लेबनानी जनसङ्ख्याको ८० प्रतिशत भन्दा बढी गरिबीमा पुर्याएको छ । अन्तरराष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने सहायताको व्यवस्थापन गर्दै देशलाई पुनरुत्थानको बाटोमा लैजान आवश्यक सुधारका कार्यक्रम कार्यान्वयन गर्न मुलुक अहिलेसम्म असफल भएको देखिएको छ जसबाट चरम, गरिबी र मूल्यवृद्धिको मारमा जनता पिरोलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्