Logo
Logo

जसपाको बैठक बस्दै, उपनिर्वाचन र सरकारमा जानेबारे छलफल हुने


378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा आगामी वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने हउपनिर्वाचनको विषयमा छलफल हुने उनले बताए ।

निर्वाचन आयोगले उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय गरेको छ । बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ ।

यसैगरी कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्