Logo
Logo

विधान अधिवेशनका लागि जसपाद्धारा विभिन्न ४ उपसमिति गठन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ ।

मंगलबार बसेको पार्टीका मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन (लजिस्टिक) उपसमिति, स्वयम्सेवक परिचालन उपसमिति गठन गरेको हो ।

विजय कुमार यादव संयोजक रहेको आर्थिक उपसमितिमा विद्युत बज्राचार्य सह संयोजक रहेका छन् । सदस्यहरुमा आङ्डेण्डी शेर्पा, आङ्काजी शेर्पा, सरोजकुमार यादव, राजेशमान श्रेष्ठ रहेका छन् । प्रचार प्रसार उपसमितिको संयोजकमा अर्जुन थापा, सह संयोजकमा न्हुच्छेलाल महर्जन रहेका छन् ।

भोजन, आवास तथा हल व्यवस्थापन उपसमितिको संयोजकमा सुशीला श्रेष्ठ र सह संयोजक लालबहादर तामाङलाई जिम्मेवारी दिइएको छ । स्वम्सेवक परिचालन उपसमितिको संयोजक विद्युत बज्राचार्य र सह संयोजक तारा विश्वकर्मा रहेका छन् ।

युवा, विद्यार्थी, महिला, ट्रेड युनियन लगायतका जनसंगठनका अध्यक्षहरु र बागमती प्रदेश समिति र काठमाण्डौ जिल्ला समितिका प्रतिनिधिहरु उप समितिको सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस्