Logo
Logo

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


2k
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओली सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ आज(बुधबार) पनि स्थगित भएको छ ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका ५२ संवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले आज (बुधबार) पेशीसूची प्रकाशित गरी संवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धी रिट निवेदनको सुनुवाइ स्थगित भएको जानकारी दिएको हो ।

ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा २७ महिनादेखि विचाराधिन छ । संवैधानिक प्रावधानसँग बाझिने गरी अध्यादेश जारी भएको, सबै सदस्यहरुलाई सूचना नदिई संवैधानिक परिषदको बैठकबाट निर्णय भएको र संसदीय सुनुवाइविना नै पदाधिकारी नियुक्त गरिएको भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

यसअघि ३ फागुनमा यी मुद्दालाई पछाडि राखिएका कारण हेर्न नभ्याइने भनी स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्