Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने


1.8k
Shares

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रिपरिषद पुनर्गठन लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । पछिल्लो राजनीतिक परिवर्तनसँगै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्राे पटक संसदबाट विश्वासकाे मत पाएपछि सरकारलाई पुर्णता दिन सत्ता साझेदार दलहरू छलफलमा जुटेका छन् ।

सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्