Logo
Logo

तनहुँ जलविद्युत आयोजना तोकिएको समयमै सम्पन्न गर्न निर्देशन


252
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना तोकिएको समयमै सक्न निर्देशन दिएको छ ।

मंगलबार प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले स्थलगत अनुगमन गरि आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए ।

‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकणहरु थप गरी कामलाई तिब्रताकासाथ अगाडि बढाउनुपर्छ, आयोजनकातर्फबाट गर्नु पर्ने सहयोग र सहजीकरणमा हामी सँधै तयार छौं,’ उनले भने ।

तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्