Logo
Logo

संसदमा एमाले सांसदको पश्न : प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ?



काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मंगलबार प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ मागेका हुन् ।

‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’ पौड्यालले प्रश्न गरे ।

संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उनले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेकी छन् । उनले अगाडि सोधिन्, ‘गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन ?,’

मंगलबार बानेश्वरको एक कार्यक्रममा दुई युवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्