Logo
Logo

बागमती सरकारबाट राजीनामा दिँदै एमालेका ४ मन्त्री



काठमाडौं । बागमती प्रदेशबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्रीले आज संयुक्त रुपमा राजीनामा दिने तयारी गरेका हुन् ।

उनीहरुले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर सरकारबाट बाहिरिने तयारी गरेको स्रोतले बतायो ।
कांग्रेसका सांसदहरुले एमालेले सरकार नछाडेको विषयमा प्रश्न उठाइरहेको अवस्थामा एमालेका मन्त्रीहरुले आजै सरकारबाट बाहिरिने तयारी गरेका हुन् ।

बागतीमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, कृषी तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल र श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले एकैचोटि राजीनामा दिन लागेका हुन्। अर्थमन्त्री जगन्नाथ थपलिया पुस २६ गते नियुक्त भएका थिए भने बाँकी तीन मन्त्री माघ ११ गते नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्