Logo
Logo

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवामाथि अभद्र व्यवहारको मुद्दा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ ।

नयाँ बानेश्वरस्थित मंगलबार आयोजित एक कार्यक्रममा ती युवाले पूधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रण गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनीहरुलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिन लागिएको छ । उनले अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न भनिएकाले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको बताए ।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेका छन् । उनीहरुले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको प्रहरीसँग बयानमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्