Logo
Logo

अनलाइन बेटिङ ‘साइट वान एक्स बेट’का ६ जना पक्राउ



काठमाडौं । अनलाइन बेटिङ ‘साइट वान एक्स बेट’का ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार पक्राउ पर्नेमा वान एक्स बेटका दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् । नेपालमा प्रतिबन्ध रहेको उक्त अनालनइ बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पु¥याएको समेत प्रहरी अनुसन्धानबाट देखिएको छ ।

वान एक्स बेटमा खेलाडीले वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन् । पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजर रहेको प्रहरीको भनाइ छ ।
युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्