काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले जारी छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरु सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिएपछि पनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । अहिले प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालय छन् ।











