Logo
Logo

राष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट


315
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् । उनीहरूबीच बुधबार शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

यसअघि राष्ट्रपति पौडेलसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र अमेरिकी राजदूत डीन आर. थम्पसनले भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्