काठमाडौं । काठमाडौंको व्यस्त बजार असनमा बुधबार बेग्लै रौनक थियो । हरेक वर्ष घोडाजात्राको भोलिपल्ट ओतु अजिमा र कंग अजिमाको जात्रा मनाइने गरिएको छ ।

यसलाई खट जुधाउने जात्रा पनि भन्ने गरिएको छ । सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यसपछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरिन्छ ।

यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ किनकि यो जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई भेट गराइन्छ । यो जात्रा असनमा हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ । तस्बिर/रासस















