Logo
Logo

आज झापा जाँदै ओली


945
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने भएका हुन् । एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन् ।

अध्यक्ष ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्