
काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
माओवादीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
समर्थन फिर्ता लिने निर्णय गर्न आज माओवादीले आज दिउँसो संसदीय दलको बैठक बोलाएको छ । दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।
पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर केन्द सरकारमा एमाले र राप्रपा बाहिरिएपछि एमालेलाई समस्या परेको हो ।
त्यसो त माओवादीमा पनि नयाँ सरकार बनाउँदा पनि आफूहरूले मुख्यमन्त्री नपाउने अवस्थामा अहिलेकै सरकारलाई निरन्तरता दिने आवाज उठेको छ । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
माओवादीसहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजावादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका छन् ।











