
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधवार मात्रै २ हजार रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।











