
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको बताएका छन् ।
प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन एमाले नलाग्ने बताएका हुन् ।
उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउने सोच राख्दैनौँ ।’
पोखरेलले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैँ विरोध गर्ने बताए ।











