Logo
Logo

राहुल गान्धी मानहानि मुद्दामा दोषी ठहर



काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गरेको छ । उनले एक कार्यक्रममा बाेलेकाे आभिव्यक्तिले व्यक्तिको मानहानी भएकाे भन्दै दायर गरेकाे मुद्धामा भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टी गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीले दिएको सो अभिव्यक्तिले मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए । दोषी ठहर भए पनि हालसम्म उनलाई कुनै सजाय तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्