Logo
Logo

निर्वाचनअघिको गठबन्धन ब्युँतिएकाले जसपा सरकारमा जान्छ : शरदसिंह


0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा रहेका दललाई सम्मानजनक सरकारमा सहभागिता गराउनुपर्ने बताएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धनमा रहेका दललाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन् ।

निर्वाचनअघिको गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँचै वर्ष टिकाएर लैजान पार्टीले भुमिका खेल्ने उनले बताए । गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने बैठकले निर्णय गरेको पनि उनले बताए ।

उनले भने, ‘समसामयिक परिस्थति र राजनीति तथा सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ । हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ । अहिले जुन कोर्ष करेक्शनको कुरा छ । त्यति बेला नेपाली काँग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो । त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिब करिब बहुमत आएको थियो ।’

उनले गठबन्धनको घटक भएकाले आफ्नो पार्टी जिम्मेवार भएर अघि बढ्ने भन्दै अहिलेको गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय गरेको बताए ।

उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वभाविक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्