Logo
Logo

७२ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान


1.8k
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४६औं समूहअन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी जनअपेक्षा अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेतीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान ५६ जना गरी जम्मा ६९ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्