Logo
Logo

लाेसपाकाे निर्णय : दुई मन्त्रालय लिएर सरकारमा जाने, बारा २ मा उम्मेदवारी दिने


3k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

पार्टीले दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालले जानकारी दिए । यद्यपी कुन कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिनसकेको उनले बताए ।

त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गर्ने र बारा–२ मा उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्