
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन भएका १० प्रहरीलाई हाजिर हुन आउन निर्देशन दिएको छ ।
कानुन शाखाले सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन आउन भनेको हो । समे समयमा कार्यालयमा उपस्थित नभए प्रहरी नियमावली बमोजिम कारबाही गरिने जनाएको छ ।
सम्पर्कबिहीन हुनेमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।












