Logo
Logo

सबैका लागि खुला भयो रानीपोखरी



काठमाडौं । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर आज शुक्रबारदेखि सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो । रानीपोखरीमा अब सर्वसाधारण बिनाटिकट जान पाउनेछन् ।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

लामो समय बन्द हुँदा र मर्मतसम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्