Logo
Logo

केन्द्रमा ३ मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दाबी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष नेपालले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच मन्त्रिपरिषदलाई पूर्णता दिने, प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने लगायत समसामयीक विषयमा छलफल भएको स्रोतले बतायो ।

केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबै प्रदेशमा एमाले सत्तारुढ अवस्थामै छ । प्रचण्डसँगको भेटमा अध्यक्ष नेपालले संघीय सरकारमा गृहसहित तीन मन्त्रालय र प्रदेशतर्फ एक मुख्यमन्त्री दाबी गरेका छन् ।

स्राेतका अनुसार केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको भन्दै साे दाबी गरेका हुन् ।

गठबन्धनमा नेकपा एसलाई २ मन्त्रालय दिने तयारी भइरहेका बेला नेपालले तीनवटामा दाबी कायम राखेका हुन् । नेकपा एसले कोशी वा बागमती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्