Logo
Logo

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८



काठमाडौं । सरकारले नेपालको जनगणना २०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना-०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको भन्दा करिब २७ हजारले जनसंख्या घटेको हाे ।

बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । जसमा महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्