Logo
Logo

‘राष्ट्रिय जनगणना-२०७८’ को प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


315
Shares

काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले ‘राष्ट्रिय जनगणना–२०७८’ को प्रतिवेदन सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । पछिल्लो जनगणनाले एक दशकअघि नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको देखाएको छ ।

पुरुषहरूको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् कुल जनसङ्ख्याको ४८.९८ प्रतिशत छ भने महिलाहरूको सङ्ख्या ५१.०२ प्रतिशत (एक करोड ४९ लाख ११ हजार २७) छ ।

त्यस्तै नेपालको साक्षरता दर १०.८ प्रतिशतले बढेको छ । आज सार्वजनिक प्रतिवेदनअनुसार नेपालको साक्षरता दर ७६.२ प्रतिशत छ । जनगणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण संकलन गरिएको थियो ।

जसअनुसार यो गणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका मानिसहरूको संख्या २ करोड ६६ लाख ७५ हजार ९७५ छ । तीमध्ये २ करोड ३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न जान्दछन् ।

यो कुल जनसंख्याको ७६.२ प्रतिशत हो । यसअनुसार पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ । ०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

सरकारले ०६५ सालमै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित रणनीति बनाएको थियो । तर, दशक बित्दा पनि निरक्षरता उन्मूलन गर्न सकेको छैन । अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् ।
जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।

यस्तो छ पूर्णपाठ: