काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र पुनःस्थापना गर्नुपर्छ भन्नेहरू बैठक बसिरहेको बताएका छन् । पार्टी निकट भूतपूर्व सेना तथा प्रहरीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

राजनीतिले एउटा दिशा लिएको र कसैले टाउको फुटाए पनि परिवर्तन नहुने पनि अध्यक्ष नेपालले बताए ।
‘कोर्ष परिवर्तनका लागि भन्दै अहिले तपाईं देखिरहनुभएको छ, राजा आऊ, देश बचाऊ भन्ने । राजतन्त्रलाई पुनःस्थापना गर्नुपर्छ भन्नेहरू देखिरहेका छन् । तीनका मिटिङ, बैठक बसिरहेका छन् । अध्यक्ष नेपालले भने । ‘के नेपालमा राजा कुनै गतिला छन् ? भष्ट्राचारमुक्त छन् ? शुसानको पक्षपोषक र त्यागी तपस्वी छन् ? जोगी सन्यासी भएर आएका छन् ?’











