Logo
Logo

माङसेबुङको ५ नम्बर वडा कार्यालयमा आगलागी


1.4k
Shares

ईलाम । इलामको माङसेबुङ गाउँपालिका-५ वडा नम्बर वडा कार्यालयमा गएराती आगलागी हुँदा कार्यालयको प्राविधिक कक्ष र सभाहलमा क्षति भएको छ ।

राती अन्दाजी साढे ११ बजे आगलागी हुँदा कार्यालयको झ्यालसहित सोफा, टेबल, कुर्सी, दराज, कम्प्युटर, प्रिन्टर, कार्यपेटलगायत फर्नचर जलेर नष्ट भएको छ ।

सचिव माधव अधिकारीका अनुसार वडा कार्यालयको आगलागी स्थानीयबासीहरुको सहयोगमा राती नै नियन्त्रणमा आएको छ । कार्यालयमा आगलागी भएको छिमेकीले थाहा पाएर गाउँघरमा होहल्ला गरेपछि स्थानीयबासीको सक्रियतामा केही समयपछि नियन्त्रमा लिएकाले थप क्षति हुन नपाएको वडासचिव अधिकारीको भनाई छ ।

वडा कार्यालयमा आगलागी भएपछि वडाबाट हुने सम्पूर्ण सेवाप्रवाह प्रभावित बनेको छ । आगलागीका कारण खुल्न सकेको छैन ।

आगलागी कसरी भयो भन्ने विषयमा केही खुल्न नसकेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । गाउँपालिका अध्यक्ष राईले यस विषयमा अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिएको बताए ।

वडाको प्राविधिक समेत रहेका सचिव अधिकारी भने विहीबार साँझ ९ बजेसम्म सोही कार्यालयमा बसेर काम गरेका थिए । साँझसम्म योजनाको काम गरेर बाहिर निस्किएको केही घण्टापछि कार्यालयमा आगलागी भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्