Logo
Logo

फिल्म ‘जारी’को ट्रेलर रिलिज



काठमाडौं । फिल्म ‘जारी’को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा दयाहाङ राई र मिरुना मगरबीच माया र उनीहरूको सम्बन्धमा आएको उतारचढावलाई देखाइएको छ । फिल्मले लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा देखाइएको छ ।

वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा दम्पतीबीच समयक्रमसँगै सम्बन्धमा आउने दरार र त्रिपक्षीय संघर्षलाई चित्रण गरिएको छ ।

‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरले यो फिल्ममार्फत कमब्याक गरेका हुन् । रामबाबु गुरुङ फिल्मका निर्माता छन् ।

पत्रकार सम्मेलनमा निर्देशक सुब्बासहित निर्माता गुरुङ, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल, शिल्पा मास्के, प्रियंका कार्की उपस्थित थिए ।

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए ।

उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड समेत बनाएको थियो । वैशाख १ गतेदेखि नै मितिमा दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ पनि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्