Logo
Logo

बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलाको उद्दार



काठमाडौं । रोजगारी लागि बेलारुस पुगेर अलपत्र भएका ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरुलाई नेपाल फर्काइएको हो ।

नेपाल फर्काइनेहरुमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल टिकटकमा लाइभ गरेर आफूलाई एजेन्टले बलारुस पु¥याएर अलपत्र पारेको भन्दै उद्दार गर्न आग्रह गरेका थिए । त्यसपछि विभिन्न सञ्चार मिडियामा समाचार आएको थियो ।

स्वदेश फर्किएकी पीडित सानुमायाले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको बताइन् । नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् । पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो ।

प्रतिक्रिया दिनुहोस्